देश/प्रदेश

जसपा नेपाल सप्तरीको अध्यक्षमा केदारप्रसाद यादव निर्वाचित

Banner

राजविराज (सप्तरी), साउन २० –

जनता समाजवादी पार्टी, नेपाल सप्तरी जिल्लाको अधिवेशनबाट अध्यक्ष पदमा केदारप्रसाद यादव दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । केदार २३५ मत प्राप्त गरी निर्वाचित हुनभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी उमेश यादवले २०५ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा लक्ष्मण यादव र हरेराम यादव निर्वाचित हुनुभएको छ । सचिवमा निरज झा निर्वाचित हुनुभयो । यही १४ साउनदेखि जसपा नेपाल, सप्तरीको अधिवेशन सुरु भएको थियो । अधिवेशनको बन्द सत्रमा सहमति हुन नसकेपछि निर्वाचन भएको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>