समाचार
विप्लवसँग एकता गर्ने माओवादी केन्द्रको निर्णय
०

काठमाडौं, साउन १९-
नेकपा (माओवादी केन्द्र)ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्ने भएको छ । सोमबार (साउन १९) पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट उक्त पार्टीसँग एकता गर्ने निर्णय गरिएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेकपासँग एकताका निम्ति वार्ता गर्ने निर्णय गरिएको बताए । बैठकमा आन्तरिक पार्टी संगठनात्मक विषयमा पनि छलफल गरिएको उनले जानकारी दिए ।
“विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ । छिटै वार्ता सम्पन्न गर्ने समिति बनाएर भन्ने निर्णय भएको छ,” उनले भने, “आन्तरिक पार्टी संगठनात्मक विषयहरूमा पनि स्तरीय छलफल भएको छ ।”
प्रवक्ता सापकोटाले समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल गरिएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























