देश/प्रदेश

बोलबम गएकी महिलाको डुबेर मृत्यु

Banner

काठमाडौं, साउन १९

बोलबम गएकी महिलाको डुबेर मृत्यु भएको छ । काठमाडौंको सुन्दरीजलको खोलामा डुबेर एक जना महिलाको मृत्यु भएको हो।

बोलबम गएकी ३५ वर्षीया सन्ध्या धामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिए। हिजो (आइतबार) राति गोकर्णेश्वर नगरपालिका-१ स्थित सुन्दरीमाई मन्दिर बोलबम गएकी उनी ढुंगामा चिप्लेर खोलामा खोलामा डुबेकी थिइन् ।

चितवन घर भई कपन बस्दै आएकी उनी डुबेपछि अशक्त भएकी थिइन्। उपचारका लागि उनलाई नेपाल मेडिकल कलेज अत्तरखेलमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>