नवलपुर

नारायणगढ आउँदै गरेको सिटी बस कावासोतीमा दुर्घटनाः १५ जना घाइते

Banner

नवलपुर,साउन १९-

नारायणगढ आउँदै गरेको सिटी बस कावासोतीमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन । नवलपुरको कावासोतीमा आइतबार साँझ ७ बजे बस दुर्घटना भएको हो । कावासोतीबाट नारायणगढ आउँदै गरेको ना ७ ख १५७६ नम्बरको बस कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी बसमा सवार ३० जनामध्ये १५ जना घाइते भएको र उनीहरुको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा र पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा पठाइएको नवलपुर प्रहरीले जनाएको छ । बसको स्टेरिङ्ग फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>