शिक्षा
‘बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ’ : मुख्यमन्त्री यामलाल कँडेल
०

काँक्रेविहार (सुर्खेतं),साउन १७ –
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपालको मौलिकता, धार्मिक सहिष्णुता र सांस्कृतिक विशेषताको संरक्षणका लागि बाल्यकालदेखि संस्कारसहितको शिक्षा आवश्यक रहेको बताउनुभएको छ ।
आज सुर्खेतस्थित सत्य साइ केन्द्रमा हरेक शनिबार सञ्चालन हुने बालविकास कक्षाको अवलोकन गर्दै मुख्यमन्त्री कँडेलले पछिल्लो समय नेपाली समाजमा संस्कार, आचरण र मूल्यमान्यतामा ह्रास हुँदै गएकाले यसमा सचेत हुन आग्रह गनुभयो ।
हाम्रो मौलिक संस्कृति, रीतिरिवाज, आचरण र सामाजिक व्यवहारमा देखिएका समस्या समाधान गर्न सानैदेखि नैतिक र चारित्रिक शिक्षा दिन जरुरी रहेको उहाँले उल्लेख गनुभयो ।
बालविकास कक्षामा सहभागी बालबालिकाले भजन र श्लोक वाचनलगायत प्रस्तुत गरेका थिए । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























