देश/प्रदेश

स्थानीय पाठ्यक्रममा आधारित पुस्तक प्रकाशन गर्दै रामपुर

Banner

रामपुर (पाल्पा),साउन १७ –

यहाँको रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित रहेर पुस्तक प्रकाशनको तयारी गरेको छ । स्थानीयस्तरका विषयवस्तु समेटेर स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक प्रकाशन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

पुस्तक तथा सन्दर्भ सामग्री लेखन कार्यदलले नगरपालिकाभित्रका १० वटै वडामा सूचना सङ्कलन कार्यशाला गरिसकेको छ । नगरभित्र रहेका धार्मिक, ऐतिहासिक, पुरातात्विक, आर्थिक, सामाजिक, पर्यटन, भूगोललगायत विषय समेटेर ‘हाम्रो रामपुर’ नामक पाठ्यपुस्तक प्रकाशन गर्न लागेको नगरपालिकाका प्रमुख रमणबहादुर थापाले जानकारी दिनुभयो ।

“पाठ्यपुस्तकमा स्थानीय विषवस्तु राखिने छ, आगामी शैक्षिक सत्रबाट नगरपालिकाभित्रका विद्यालयमा अध्यापन गर्ने गरी पाठ्यपुस्तक प्रकाशन गर्न लागिएको छ”, नगरप्रमुख थापाले भन्नुभयो, “स्थानीय शिक्षकको सहयोगमा नै पाठ्यपुस्तक प्रकाशन गर्न लागिएको हो ।”

आर्थिक वर्ष २०७९र८० मा ‘हाम्रो रामपुर’ पाठ्यक्रम लागू गरेर पठनपाठन भए पनि पाठ्यपुस्तकको आवश्यकता महसुस गरेर लेखन तयारी गरेको उहाँको भनाइ छ । कार्यदलले विभिन्न आठ वटा विषयवस्तुमा आधारित रहेर सुझावसहित सूचना सङ्कलन गरेको स्थानीय पाठ्यपुस्तक लेखन कार्यदलका संयोजक देवराज देवकोटाले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>