देश/प्रदेश
जिल्लाको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पुगे प्रसाईं
०

काठमाडौं, साउन १६-
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित चार जना उच्च अदालत पाटन पुगेका छन्। जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि थुनामा पठाउन दिएको आदेशविरूद्ध प्रसाईंसहित चार जना उच्च अदालत पुगेका हुन्।
उच्च अदालत पाटनका न्यायाधीशहरू टंकप्रसाद गुरूङ र डिल्लीरत्न श्रेष्ठको इजलासमा बिहीबारदेखि सुनुवाइ भइरहेको हो।
चैत १५ गते भएको तीनकुनेको घटनामा थुनामा रहेका प्रसाईंसहित सुशिल बराल, डण्डपाणी रेग्मी र तारा राजावादी भन्ने सरोज गौतमले निवेदन दिएका हुन्। उनीहरूले पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेश बदर गर्न माग गरेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























