देश/प्रदेश

श्रीमानले ससुराली गएर गरे श्रीमतीको हत्या

Banner

विराटनगर , साउन १६-

पाँचथरमा श्रीमान आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । श्रीमानले टाउकोमा कोदालोको पासो प्रहार गरेर गम्भीर घाइते भएकी फालेलुङ गाउँपालिका –७ की २२ वर्षीया अनु राईको उपचारका क्रममा आज (शुक्रबार) मृत्यु भएको हो।

जिल्ला प्रहरी पाँचथरका प्रमुख डिएसपी कौशल बुढाथोकीले दिएको जानकारी अनुसार पारिवारिक विवादका क्रममा राति १० बजेतिर २७ वर्षीय महेन्द्रले अनुमाथि कोदालो प्रहार गरेका थिए।

अनुको फिदिम २ स्थित माइतीघरमै महेन्द्रले हमला गरेका थिए। घाइते अनुलाई तत्कालै जिल्ला अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि झापा बिर्तामोडको बिएण्डसी अस्पतालमा उनको उपचार भइरहेको थियो।

अभियुक्त महेन्द्रलाई प्रहरीले राति नै पक्राउ गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>