अन्तर्राष्ट्रिय
जापानमा सुनामीः १९ लाखभन्दा बढीलाई भनियो घर छोड्न
०

टोकियो, साउन १४-
रुसमा आएको शक्तिशाली भूकम्पपछि उत्पन्न सुनामीको कारण जापानले १९ लाखभन्दा बढी मानिसहरूलाई आफ्नो घर छोड्न भनेको छ ।
यीमध्ये लगभग १० हजार ५०० मानिसहरू होक्काइदोका हुन् । स्थानीय मिडिया फुटेजमा यी मानिसहरू छतमा भेला भएको देखिएको थियो । केही मानिस टोकियोको दक्षिणमा रहेको चिबाको समुद्र तटमा अवस्थित एक अब्जर्भेटरीमा पनि भेला भएका छन् ।
अधिकारीहरूले मानिसहरूलाई जापानको उत्तरी तटीय क्षेत्र खाली गर्न र कुनै अग्लो स्थानमा सर्न अपिल गरेका छन् । जापानको प्रशान्त तटमा दर्जनौँ सुनामी छालहरू आइपुगेका छन् ।
उत्तरमा होक्काइदोदेखि दक्षिणमा वाकायामा प्रान्तसम्म प्रशान्त तटमा खाली गर्ने चेतावनी जारी गरिएको छ । मौसम विज्ञान एजेन्सीले सुनामी छालहरू ३ मिटरसम्म अग्लो हुन सक्ने बताएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























