देश/प्रदेश
प्रतितोला १४ सयले बढ्यो सुनको मूल्य
०

काठमाडौं, साउन १४-
नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको हो ।
हिजो (मंगलबार) प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको छ । योसँगै आज छापावाल सुन प्रतितोला एक लाख ९४ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला दुई हजार तीन सय रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला दुई हजार तीन सय १० किनबेच भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























