समाचार
मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो
०

काठमाडौं साउन १३ –
मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९३ हजार रुपैयाँ तोकेको छ । सोमबार १ लाख ९३ हजार ६ सय रुपैयाँ थियो । ६ दिनमै सुनको भाउ ४ हजार ६ सय रुपैयाँले घटेको छ ।
चाँदीको भाउ भने ५ रुपैयाँले बढेको छ । सोमबार २२९५ रुपैयाँ रहेको चाँदी, आज २३ सय रुपैयाँ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























