अन्तर्राष्ट्रिय

ट्रम्पको दाबीः म राष्ट्रपति नभएको भए संसारमा अहिले ६ वटा युद्ध भइसकेका हुन्थे

Banner

काठमाडौं, साउन १३-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपति नभएको भए भारत र पाकिस्तानबीचको युद्धसहित विश्वमा ६ वटा ठूला युद्ध हुन सक्ने दाबी गरेका छन् । स्कटल्याण्डमा बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको भेटमा ट्रम्पले आफू राष्ट्रपति नभएको भए अहिले विश्वमा ६ वटा ठूला युद्ध चलिरहेको हुनसक्ने दाबी गरेका हुन् ।

अमेरिकी मध्यस्थतामा थाइल्याण्ड र कम्बोडियाले युद्धविरामको घोषणा गरेका बेला ट्रम्पले यस्तो दाबी गरेका हुन् । यदि म त्यहाँ नभएको भए, अहिले छ वटा ठूला युद्ध भइरहेका हुन्थे। भारत र पाकिस्तान आपसमा लडिरहेका हुन्थे। उनले व्यापार वार्तामार्फत थाइल्याण्ड-कम्बोडिया विवाद समाधान गर्ने दाबी गरे ।

यसबाहेक, रुवान्डा र प्रजातान्त्रिक गणराज्य कंगोबीचको शान्ति सम्झौता र सर्बिया(कोसोभोमा सम्भावित द्वन्द्व रोक्ने कुरा पनि उल्लेख गरे। यस महिनाको शुरूमा, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको लागि मनोनित गरेका थिए। ट्रम्पले भने- उनीहरूले मलाई कहिल्यै नोबेल शान्ति पुरस्कार दिने छैनन्, तर मलाई यो पुरस्कार दिनुपर्छ। ट्रम्पले भारत-पाकिस्तानसहित विश्वमा छ ठूला युद्धहरू रोक्न काम गरेको बताए। युद्ध रोक्नु अमेरिकाको लागि सम्मानको कुरा भएको उनले बताए । तर, भारतले ट्रम्पको दाबीलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>