समाचार
सिन्धुलीबाट बेपत्ता एकै परिवारका १६ मध्ये दुईजना सम्पर्कमा, अन्यको खोजी जारी
०

काठमाडौँ,साउन १२-
सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट हराएका एकै परिवारका १६ जनामध्ये २ जना काठाडमौँमा भेटिएका छन्। उनीहरूमध्ये उर्मिला हायुकी माइली छोरी सुजाता र ज्वाईँ काठमाडौँबाट सम्पर्कमा आएको सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।
बिहीवार हायु समुदायका लागि दिइने भत्ता बुझेपछि उनीहरू एक दिन घरमा गएर सुँगुरको मासु खाएका र त्यसपछि सम्पर्कविहीन भएका जनाइएको छ। उनीहरूले ४ हजारको दरले ३ महिनाको भत्ता रकम बुझेका थिए। उनीहरूको मोबाइल लोकेसन रामेछापमा देखिएपछि त्यता पनि प्रहरी टोली परिचालन गरेर खोजी जारी रहेको छ।
यसरी सम्पर्कविहीन हुनेमा उर्मिला हायु र उनका ६ छोरा, ६ छोरीसहित १६ जना थिए। अब २ जना सम्पर्कमा आएपछि बाँकी १४ जनाको खोजी जारी छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























