देश/प्रदेश

गोसाइँकुण्डमा बेपत्ता २ युवकको शव फेला

Banner

रसुवा, साउन १२-

रसुवाको गोसाइँकुण्डमा बेपत्ता भएका दुई युवकको शव फेला परेको छ। पौडी खेल्ने क्रममा हिजो (आइतबार) गोसाइँकुण्डमा बेपत्ता भएका दुई युवकको शव नेपाली सेनाले खोजी गर्ने क्रममा आज (सोमबार) बिहान फेला परेको हो।

कुण्डमा बेपत्ता भएका मोरङको विराटनगरका २८ वर्षीय सुजन ढकाल र मोरङको बेलवारीका मनोज न्यौपानेको शव भेटिएको सेनाले जनाएको छ।

बेपत्ताको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पुगेका थिए। नेपाली सेना, श्रीनाथ गणबाट खटिएको टोलीले स्थानीय श्रोत र साधनको प्रयोग गरी बेपत्ता युवकको खोजी गरेको थियो।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>