अन्तर्राष्ट्रिय

एक सय ७९ यात्रु सवार अमेरिकन एयरलाइन्सको विमानको ल्यान्डिङ गियरमा आगलागी

Banner

अमेरीका, साउन ११-

अमेरिकाको डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार ठूलो दुर्घटना हुनबाट जोगिएको छ। अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ को उडान ल्यान्डिङ गियरमा समस्या देखिएपछि रोकिएको थियो।

उडान भर्नुअघि विमानमा प्राविधिक गडबडी भएको पत्ता लागेको थियो। त्यसको केही समयपछि नै विमानको ल्यान्डिङ गियरमा आगो लागेको थियो। आपतकालीन प्रक्रिया अन्तर्गत यात्रुहरूलाई धावनमार्गमै बाहिर निकालिएको थियो।

यस घटनामा कुनै ठूलो क्षति नभएको तर एक जनालाई सामान्य चोटपटक लागेको र अस्पताल भर्ना गरिएको छ।

अमेरिकन एयरलाइन्सका अनुसार उडान सुरु हुनुभन्दा अगाडि विमानमा टायरसँग सम्बन्धित मर्मतसम्भार समस्या देखिएको थियो। यद्यपि त्यस बेला यसलाई गम्भीर मानिएको थिएन। तर धावनमार्गमा उभिएको विमानमा अचानक आगलागी हुनुले समस्या ठूलो रहेको देखाउँछ।

विमान बोइङ ७३७ म्याक्स ८ मोडेलको थियो र मियामी अन्तर्राष्ट्रिय विमानस्थलको लागि उडान भर्न लागेको थियो।

अधिकारीहरूका अनुसार विमानमा जम्मा १७३ यात्रु र छ जना चालक दलका सदस्य थिए। घटनापछि पाँच जनाको घटनास्थलमै स्वास्थ्य परीक्षण गरिएको थियो भने एक जनालाई सामान्य चोटपटक लागेपछि गेटमै जाँचको लागि लगिएको थियो र त्यसपछि अस्पताल पठाइएको थियो। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>