प्रवास

एनआरएनए यूकेको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित

Banner

काठमाडौं,साउन ११-

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा उनले अध्यक्ष पदका प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गर्दै बिजय हासिल गरेका हुन्। एनआरएनए यूके अहिले गम्भीर ध्रुवीकरण र आन्तरिक विवादको अवस्थामा गुज्रिरहेको बेला पुडासैनीले आफू संस्थालाई समावेशी, पारदर्शी र जनउत्तरदायी बनाउने प्रतिवद्धता जनाएका छन्।

‘नेतृत्वको संकटले संस्थाको छवि धुमिल बनाएको छ,’ उनले भने, ‘म एनआरएनएलाई सबै नेपालीको साझा र गौरवपूर्ण थलो बनाउन नेतृत्वमा आएको हुँ।’
नुवाकोटको बेलकोटगढी नगरपालिका–८ निवासी पुडासैनी २५ वर्षअघि पढ्न बेलायत आएका थिए। उनले प्रतिष्ठित युनिभर्सिटीबाट एमबीए तथा बीएस्सी अनर्स गरेका छन् र विगत १५ वर्षदेखि बेलायतको स्वास्थ्य सेवामा कार्यरत छन्।

विद्यार्थीकालदेखि नै सामाजिक रुपान्तरणमा सक्रिय उनी नेपालमा रहँदा सरस्वती बहुमुखी क्याम्पसको स्ववियू सभापति थिए। बेलायतमा उनले ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निभाएका छन्। पुडासैनी हाल जीएमबी नेशनल युनियन (लन्डन सेन्टर नर्थ) का सचिव छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>