खेलकुद
जनताले मन पारेको कम्युनिस्ट एकता टिकेनः प्रचण्ड

काठमाडौ, साउन १०-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट एकतालाई जनताले अनुमोदन गरे पनि त्यो एकता टिक्न नसकेको गुनासो गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको सन्दर्भमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट एकता किन टिकेन भन्ने प्रश्नको जवाफ नखोजी एकताको कुरा गर्नुको अर्थ नहुने टिप्पणी गरेका हुन् ।
‘शान्ति प्रक्रियामा आएपछि, संविधान निर्माण प्रक्रियाले एउटा उद्देश्य प्राप्त गरेपछि अब आफूलाई समाजवादी भन्ने, कम्युनिस्ट भन्नेहरूको बीचमा केही त्याग गरेर भए पनि एकता गरेर जानुपर्छ भनेर प्रस्ताव राखेर एकता गर्ने पात्रमध्ये म हुँ,’ उनले भने ।
उनले थपे, ‘मैले राखेको त्यो प्रस्तावलाई जनताले अनुमोदन पनि गरे । ठूलो संख्यामा कम्युनिस्ट कार्यकर्ताहरुले पनि अनुमोदन गरे। तर त्यो एकता टिकेन, किन रु दुई(तीन वर्ष जनतन धके(धुकुल गरे पनि अन्ततः फेरि विभाजनतिर गयो, किन रु’
कम्युनिस्ट एकता किन टिकेन भन्ने प्रश्नको जवाफ खोज्नुपर्नेमा जोड दिए । ‘यो प्रश्नको उत्तर नखोजीकन अमूर्त र आदर्शवादी ढंगले एकताको कुरा गरेर एकता हासिल हुँदैन । अनुभवले त्यो सिद्ध गरेको छ, पटक(पटक नेपालमा मात्र होइन, विश्वभरि ।’ उनले कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले कम्युनिस्ट इन्टरनेसनललाई एकताबद्ध राख्न नसकेको स्मरण गरे ।

























