समाचार
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता
०

काठमाडौँ, साउन ९-
राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गर्नुभएको छ । उहाँहरुबीच राष्ट्रपति निवास शितल निवासमा भेट भएको हो ।
भेटमा सभामुख घिमिरेले संसद्का सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागिताबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुन जुलाई २७ मा जेनेभा जाने कार्यक्रम छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























