अन्तर्राष्ट्रिय

कोल्डप्लेको कन्सर्टमा भाइरल बनेकी महिला अधिकारीले पनि दिइन् राजीनामा

Banner

न्युयोर्क, साउन १०-

एक अमेरिकी टेक कम्पनीकी चिफ पिपल अफिसरले राजीनामा दिएकी छिन्। चर्चि सांगीतिक समूह कोल्डप्ले कन्सर्टमा कम्पनीका सीईओसँग ठुलो पर्दामा देखा परेकोमा विवाद उत्पन्न भएपछि उनको राजीनामा आएको हो।

‘एस्ट्रोनोमरकी चिफ पिपल अफिसर क्रिस्टिन क्याबोट अब कम्पनीमा छैनन् र उनले राजीनामा दिएकी छिन्,’ कम्पनीले बीबीसीलाई एक विज्ञप्तिमा भनेको छ।

क्रिस्टिनभन्दा अगाडि, पूर्वसीईओ एन्डी बायर्नले गत हप्ता राजीनामा दिएका थिए। बायर्न उही व्यक्ति हुन् जससँग क्रिस्टिनलाई रंगशालाको ठुलो पर्दामा देखिएको थियो।

म्यासाचुसेट्सको जिलेट स्टेडियममा कोल्डप्ले कन्सर्टको क्रममा, स्टेडियमको ठुलो स्क्रिनमा एक पुरुष र एक महिला अङ्कमाल गरेर बसेको देखिएको थियो।

भिडियोमा क्यामेराले उनीहरूको अनुहार जुम गर्ने बित्तिकै तस्बिर हजारौँ दर्शकहरूले देखेका थिए। तर, दुवै जना अचानक टाउको निहुराएर क्यामेराबाट बच्न खोजेको पनि देखियो। त्यसपछि यसको भिडियो भाइरल भयो । पछि, उनीहरूको विवाहेत्तर सम्बन्धको बारेमा खुलासा भएको थियो । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>