अन्तर्राष्ट्रिय

रेसलिङ सुपरस्टार हल्क होगनको निधन

Banner

काठमाडौं, साउन ९-

विश्वप्रसिद्ध प्रोफेसनल रेसलर हल्क होगनको ७१ वर्षको उमेरमा निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको डब्लूडब्लूईले पुष्टि गरेको छ।

होगनको वास्तविक नाम टेरी बोलिया हो। होगनले १९७७ मा रेसलिङ्ग करिअर सुरु गरेका थिए र ८० र ९० को दशकमा सबैभन्दा ठूला नाम बने।

होगनले आफ्नो नाममा ‘हल्क’ तब अपनाए जब उनलाई सीबीएस टेलिभिजन कार्यक्रम ‘द इन्क्रेडिबल हल्क’ का मांसल पात्रसँग तुलना गरिन्थ्यो।

सन् १९७९ मा उनले वर्ल्ड रेसलिङ फेडेरेसन (हालको डब्लूडब्लूई) मा प्रवेश गरे र ‘होगन’ उपनाम थप्दै हल्क होगन बने। उनी आफ्नो रातो–पहेंलो पहिरन, ‘रियल अमेरिकन’ इन्ट्री गीत र ‘हल्कामेनियाक’ फ्यानहरूको विशाल समर्थनका कारण लोकप्रिय थिए।

होगनले ५० वर्षको उमेरसम्म पनि रेसलिङ्गमा सक्रियता देखाएका थिए। उनले टेलिभिजन र चलचित्र क्षेत्रमा पनि योगदान दिएका छन्।

डब्ल्यूडब्ल्यूईले उनको निधनप्रति शोक व्यक्त गर्दै उनलाई रेसलिङको इतिहासमा सधैं सम्झिरहने बताएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>