देश/प्रदेश

खानै नमिल्ने गरि रायोको सागमा भेटियो अत्यधिक विषादी

Banner

काठमाडौं, साउन ७-

कालीमाटी फलफूल बजारमा गरिएको परीक्षणमा पसलमा बेच्न राखिएको रायोको सागमा अत्यधिक विषादी भेटिएको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले आज (बुधबार) गरेको परीक्षणमा सागमा खानै नमिल्ने ८०.९५ प्रतिशत कीटनाशक विषादी भेटिएको हो ।

दोलखाबाट ल्याइएर कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको सागमा अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । प्रयोगशाला एकाइका अनुसार, ३५ प्रतिशतभन्दा कम कीटनाशक विषादी देखिएमा उपयोगयोग्य मानिन्छ । केन्द्रीय कृषि प्रयोगशालाले बुधबार कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।

यस्तै, ३५ देखि ४५ प्रतिशतसम्म देखिए केहीदिन राखेर उपभोग गर्न मिल्छ । तर, ४५ प्रतिशतभन्दा बढी कीटनाशक विषादी देखिए बिसर्जन गर्नुपर्ने पनि प्रयोगशालाले जनाएको छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>