खेलकुद

एनपीएलका खेलहरू रातिमा पनि हुने

Banner

काठमाडौं, साउन ७-

नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटको दोस्रो संस्करणका खेलहरू रातिमा पनि खेलिने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्ससँगको पोडकास्टमा एनपीएल त्रिवि क्रिकेट मैदानको फ्लडलाइटमा खेलिने कुरा गरेका थिए ।

उक्त कुरालाई क्यानले पनि पुष्टि गरेको हो । ‘अब अहिले त्रिवि क्रिकेट मैदान बनिरहेको छ, समयमै काम सम्पन्न भएर खेल सञ्चालन गर्न मिल्ने अवस्था भएपछि फ्लडलाइटमा खेल खेलाउने योजना नै हो’ क्यानका प्रवक्ता छुम्बी लामाले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>