समाचार

यौन सम्बन्धको भिडियो देखाएर १४ लाख असुल्ने युवती पक्राउ

Banner

सुर्खेत,साउन ६-

‘हनी ट्रयाप’मा पारी पैसा असुली गर्न खोज्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले मंगलबार दैलेखको नौमुले गाउँपालिका– ८ घर भई वीरेन्द्रनगर बस्ने सिन्दु चन्दलाई पक्राउ गरेको हो । २०८१ भदौमा सिन्दु र मनोज कोइरालाबीच सहमतिमा भएको यौन सम्बन्धलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै सिन्दुले पैसा असुली गरेको आरोप लागेको छ । कोइरालाको जाहेरीका आधारमा चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

गत भदौमा वीरेन्द्रनगर–६, बुद्धपथस्थित बुलबुले भ्यु होटलमा सिन्दु आफैँले कोइरालालाई बोलाएकी थिइन् । सोही होटलमा दुई जनाबीच सहमतिमा यौन सम्बन्ध भएको प्रहरीले जनाएको छ । उक्त सम्बन्धको फोटो तथा भिडियो सामाजिक सञ्जालमा राखेर बलात्कार मुद्दामा फसाउने भन्दै सिन्दुले मनोजसँग १४ लाख २५ हजार रुपैयाँ असुली गरेको जाहेरी परेको छ ।

उक्त रकम उनले फरक–फरक मितिमा कोइरालाबाट लिएकी थिइन् । पक्राउ परेकी सिन्दुलाई हनी ट्रयापमा पारी पीडितबाट आर्थिक लाभ लिएको कसुरमा प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी बुढथापाले जानकारी दिए ।

फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>