देश/प्रदेश
अण्डाको मूल्य बढ्यो, कति पुग्यो क्रेटको ?
०

चितवन,साउन ६-
बजारमा अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले मंगलबारबाट लागु हुने गरी अण्डाको मूल्य बढाएको हो। ‘हामीले हिजो बैठक बसेर आजबाट अण्डाको मूल्य बढाउने निर्णय गरेका हौं,’ संघका अध्यक्ष विनोद पोखरेलले भने।
अत्यधिक गर्मीका कारण अण्डाको उत्पादन घटेकाले मूल्य बढेको उनको भनाइ छ। ‘माग बढी छ। उत्पादन छैन,’ उनले भने, ‘त्यसैले थोरै अवधिमै अण्डाको मूल्य बढेको हो।’ अहिले स्कुल, कलेज खुलेको र पर्यटन आगमन पनि बढेकाले अण्डाको माग बढेको उनले जानकारी दिए।
बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्। उनका अनुसार प्रतिक्रेट पन्ध्र रूपैयाँका दरले अण्डाको मूल्य बढाइएको छ। मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट चार सय ९५, ठूलो अण्डा पाँच सय २५ र एक्स–एल पाँच सय ४० रूपैयाँ पुगेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























