देश/प्रदेश
करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु
०

किमाथाङ्का (सङ्खुवासभा), साउनः५ –
सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको आज करेन्ट लागेर मृत्यु भएको छ ।
चिचिलागाउँपालिका–३ स्थित अरुणतेस्रो परियोजनाको अडिट थ्रीस्थित सोलाखानीको सुरुङभित्र करेन्ट लागेर कैलालीको घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय करणधर पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो । करेन्ट लागेर गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
अरुण आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























