देश/प्रदेश

मुम्बई लोकल रेल विस्फोट मामिलाका आरोपी सबैले पाए सफाइ

Banner

नयाँ दिल्ली, साउन ५-

सन् २००६ मा मुम्बईको एउटा लोकल रेल विस्फोट मामिलामा आरोपी सबैले पाए सफाइ पाएका छन् । बॉम्बे उच्च अदालतले आरोपी १२ जनालाई निर्दोष घोषित गर्दै रिहा गरेको छ । प्रमाणको अभाव भन्दै अदालतले सबैलाई सफाइ दिएको हो ।

यिनीहरू विरुद्धको मुद्दा प्रमाणित गर्न अभियोजन पक्ष पूर्ण रूपमा असफल भएको अदालतले भनेको छ । यो निर्णय मुम्बईको पश्चिमी रेलवे नेटवर्कलाई हल्लाउने आतङ्कवादी आक्रमणको १९ वर्ष पछि आएको हो । आक्रमणमा १८० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका थिए भने अरू धेरै घाइते भएका थिए ।

‘अभियुक्तहरूले अपराध गरेको विश्वास गर्न गाह्रो छ’

न्यायाधीश अनिल किलोर र न्यायाधीश श्याम चन्दकको विशेष इजलासले अभियोजन पक्षले प्रस्तुत गरेको प्रमाण अभियुक्तलाई दोषी ठहराउन पर्याप्त नभएको जनाएको छ । ‘अभियोजन पक्ष अभियुक्त विरुद्धको मुद्दा प्रमाणित गर्न पूर्ण रूपमा असफल भएको छ । अभियुक्तहरूले अपराध गरेको विश्वास गर्न गाह्रो छ । त्यसैले उनीहरूको सजाय रद्द गरिएको छ’ अदालतले भनेको छ ।

पाँच जना दोषीलाई मृत्युदण्ड र बाँकी सात जनालाई आजीवन कारावासको सजाय कायम राख्न अस्वीकार गर्दै बॉम्बे उच्च अदालतले उनीहरूलाई सफाइ दिएको हो । अभियुक्तहरूविरुद्ध अन्य कुनै मुद्दामा चलाइएको छैन भने उनीहरूलाई तुरुन्तै जेलबाट रिहा गरिने फैसला अदालतले सुनाएको छ ।

सन् २०१५ मा विशेष अदालतले यस मुद्दामा १२ जनालाई दोषी ठहर गरेको थियो । दोषी ठहर भएकामध्ये पाँच जनालाई मृत्युदण्ड र बाँकी सात जनालाई आजीवन कारावासको सजाय सुनाइएको थियो ।

सोमबार उच्च अदालतको फैसलापछि, राज्यभरका विभिन्न जेलहरूबाट भिडियो कन्फरेन्सिङ मार्फत अदालतमा उपस्थित भएका दोषीहरूले आफ्ना वकिलहरूलाई धन्यवाद दिएका थिए । २००६ को जुलाई ११ मा मुम्बई लोकल ट्रेनको पश्चिमी लाइनका विभिन्न स्थानमा सात विस्फोट भएका थिए । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>