अन्तर्राष्ट्रिय

उडिरहेको विमानमा अचानक लाग्यो आगो

Banner

अमेरिका, साउन ४-

अमेरिकामा डेल्टा एयरलाइन्सको बोइङ विमान लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट एटलान्टा जाँदै थियो। उडान डीएल४४६ उड्नेबित्तिकै इन्जिनमा अचानक आगो लाग्यो।

यद्यपि दुर्घटना हुन पाएन र विमानलाई सुरक्षित रूपमा विमानस्थलमा अवतरण गरियो। यसको भिडिओ पनि सार्वजनिक भएको छ। जसमा बायाँ इन्जिनमा आगो लागिरहेको देखिन्छ।

रिपोर्टअनुसार, विमानमा आगो लागेपछि तुरुन्तै आपत्‌काल घोषणा गरी उडान गरिएको विमानस्थलतिरै फिर्ता लाने तयारी सुरु गरियो। लस एन्जलस विमानस्थलमा एटीसीले विमानलाई फिर्ता आउन निर्देशन दियो।

विमान पहिले प्रशान्त महासागरमाथि गयो र यसपछि डाउनी र प्यारामाउन्ट क्षेत्र हुँदै तल ओर्लन थाल्यो।

यद्यपि अहिलेसम्म आगलागीको कारण थाहा भएको छैन।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>