अन्तर्राष्ट्रिय
भियतनाममा पर्यटक सवार डुङ्गा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु
०

हनोई, साउन ४-
भियतनाममा पर्यटकले भरिएको एउटा डुङ्गा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । खराब मौसमका कारण डुङ्गा पल्टिएको बताइएको छ । यो घटना उत्तरी भियतनामको लोकप्रिय पर्यटकीय गन्तव्य हालोङ खाडीमा भएको हो ।
यस घटनापछि धेरै मानिसहरू अझै बेपत्ता भएको खबर आएको छ । रिपोर्टका अनुसार अधिकांश पर्यटक भियतनामको राजधानी हनोईबाट आएका थिए । उद्धारकर्मीहरूले ११ जनालाई पानीबाट जीवितै निकालिएको बताएका छन् ।
यद्यपि भारी वर्षाका कारण बाँचेकाहरूको खोजी गर्न कठिन भइरहेको बताइएको छ । पल्टिएको डुङ्गाको नाम वन्डर सीजर्भको र यसमा ५३ जना सवार रहेको बताइएको छ । एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























