देश/प्रदेश

नीलबाराही बचाउन पहल

Banner

भक्तपर, साउनः४ –

मध्यपुरथिमि नगरपालिका–९ स्थित नीलबाराही मन्दिर संरक्षण गर्न पहल गरिएको छ । धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण मानिँदै आएको काठमाडौँ उपत्यकामा चार बाराहीमध्ये सबैभन्दा महत्त्वपूर्ण धार्मिकस्थलका रूपमा चिनिँदै आएको नीलबाराही मन्दिरलाई पहिरोबाट जोगाउन पहल गरिएको हो ।

नीलबाराही क्षेत्र संरक्षण सरोकार समितिका अध्यक्ष दीपकृष्ण राजवाहकले विगत १२ वर्षदखि पहिरोको उच्च जोखिममा परेको मन्दिरको दक्षिण–पश्चिम र पूर्व क्षेत्रमा पहिरो बढ्दै जाँदा बाटो साँघुरिएको बताउनुभयो । उहाँले जात्रा लैजाने मूल सडक १० वर्षदेखि पहिरोले बन्द भएर मन्दिर नै उच्च जोखिममा परेपछि नीलबाराही संरक्षणका लागि जनश्रमदान र सहयोग जुटेको बताउनुभयो ।

अध्यक्ष वाहकले भन्नुभयो, “निलबाहारी क्षेत्र संरक्षण गर्न अभियान थालेका हौँ । विगत १२ वर्षदेखि भूक्षयले मन्दिर नै खस्ने जोखिममा पुग्यो । स्थानीय सरकार र केन्द्र सरकारलगायत निकायलाई पटकपटक गुहार्दा पनि चासो नदिएपछि हामी जनस्तरबाटै गरौँ भनेर सुरु गरेका छौँ ।”

मन्दिरको एउटामात्र नभई मन्दिर परिसरमा १३ वटा पहिरो गएकाले यसको रोकथाम सुरु गरेकामा अहिलेसम्म पाँचवटाभन्दा बढी पहिरो रोकथाम गरी ३० प्रतिशत कार्य सम्पन्न गरेको उहाँले बताउनुभयो । जनश्रमदान गर्न थिमि, भक्तपुर, काठमाडौँ, ललितपुर, कीर्तिपुर, साँखु, काभ्रे चारैतिरबाट आएका हजारौँको व्यवस्थापनमा समस्या आएपछि दैनिक काम भए पनि जनश्रमदानकै लागि भनेर हप्तामा तीन दिन सोमबार, बुधबार र शनिबार श्रमदान चलाएको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>