समाचार
टेको हटाउने क्रममा गाडी ‘ब्याक’ हुँदा आफ्नै गाडीले किचेर मृत्यु
०

देउखुरी (दाङ), साउन ४-
देउखुरीमा गाडीले किचेर एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राजेशकुमार बानियाँको आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
आफ्नै घर अगाडि रोकिराखिएको लु३च ४८१४ नम्बरको पिकअप बोलेरोको टायरमा राखिएको टेको हटाउने क्रममा गाडी ‘ब्याक’ हुँदै आफैँ गुड्न थालेपछि गाडीले किच्दा बानियाँ गम्भीर घाइते भएका थिए ।
तत्काल लमही अस्पताल पुर्याए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























