देश/प्रदेश

कुलुङखोलामा सात करोडमा पक्की पुल निर्माण

Banner

दमौली (तनहुँ), साउन २ –

भीमाद नगरपालिका–१ भएर बग्ने कुलुङखोलामा पुल ७२ दशमलव २० मिटर लामो पक्की पुल निर्माण भएको छ ।

विसं २०८१ असोज तेस्रो सातादेखि निर्माण थालिएको पुल म्यादभन्दाअगावै निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । नवनिर्मित पुलबाट दुई पाङ्ग्रे सवारी सञ्चालन भएका छन् ।यद्यपि पुलको औपचारिक उद्घाटन भएको छैन ।

गण्डकी प्रदेश सरकारको रु सात करोड ७३ लाख ६४ हजार ३८२ को लागतमा पुल निर्माण भएको हो । सडक निर्माण भएको २५ वर्षपछि पुल बनेको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>