देश/प्रदेश

एक सय २२ करदाता कारबाहीमा

Banner
वाग्मती, साउन २ –
हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि कर नबुझाएका १२२ करदाता कारबाहीमा परेका छन् ।
लामो समयदेखि मूल्य अभिवृद्धि, आयकर, अन्तःशुल्क तथा अग्रिम करकट्टीको बक्यौता नबुझाउने १२२ जना करदातामाथि कारबाहीको प्रक्रिया अघि बढाइएको उक्त कार्यालयका प्रमुख युक्तप्रसाद सुवेदीले बताउनुभयो ।
अब निर्धारित मितिमा बक्यौता दाखिला नगरे बैंक खाता, घरजग्गा तथा आयातनिर्यात रोक्का गरिने चेतावनी प्रमुख सुवेदीले दिनुभएको छ ।  कर नबुझाउनेहरूको अभिलेख तयार भएको उहाँले बताउनुभयो । साथै नियमित बजार अनुगमनपछि आर्थिक वर्ष २०८१/८२ मा करदाता बढेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>