चितवन विशेष
जापानीज ढुंगामा पोलेको मासुको परिकार पाइने याप्पारी स्टेकमा बार्षिकोत्सव लक्षित अफर

भरतपुर,असार २६-
जापानीज ढुंगामा पोलेको मासुको परिकार बनाउँदै आएको याप्पारी स्टेकले आफ्ना उपभोक्तालाई लक्षित गर्दै विभिन्न अफरहरु ल्याएको छ । चितवनको भरतपुर महानगरपालिका–१०मा रहेको याप्पारीले आफ्नो दोस्रो बार्षिकोत्सवको अवसर पारेर असार २९, ३० र ३१ गते आउने उपभोक्तालाई अर्को पटक आउँदा ५० प्रतिशत छुटको व्यवस्था गरेको आज (बिहीबार) पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।
‘असार अन्तिम २९, ३० र ३१ गते हामी कहाँ आउनुहुने उपभोक्तालाई कुपन दिन्छौँ । अर्को पटक आउँदा सो कुपनबाट ५० प्रतिशत छुटको व्यवस्था गरेका छौँ,’–सञ्चालक कृष्णमणी पौडेलले भने । भरतपुर १० स्थित स्याउली बजारमा पहिलोपटक सञ्चालनमा आएको याप्पारी स्टेकले आफ्नो पहिलो शाखाका रुपमा पुनानो मेडिकल कलेज रोडमा खोलेको छ । आगामी तीन महिना भित्र चनौली बजारमा समेत शाखा स्थापना गर्न लागिएको सञ्चालक पौडेलले जानकारी दिए ।
जापानीज ढुंगामा आँफैले पोलेर खान पाउने भएकाले पनि ढुंगामा पोलेको मासुको स्वाद लिने उपभोक्ताको संख्या बढ्दै गएको उनले बताए । ढुंगामा पोलेको मासु लामो समयसम्म तातो नै रहने र स्वस्थकर पनि हुने भएकाले उपभोक्ता माझ यो आइटम रोजाइमा पर्ने गरेको उनको अनुभव छ । यहाँ खशी, कुखुरा र माछाका परिकार ढुंगामा पोलेर खान पाइन्छ । यसैबिच वार्षिकोत्सवको अवसरमा चितवनको इच्छाकामना गाउँपालिकाका चेपाङ समुदायलाई लक्षित गर्दै एक दिने स्वास्थ्य शिविर सञ्चालन र शैक्षिक सामाग्री वितरण गर्ने योजना रहेको समेत पौडेलले बताए ।


























