समाचार

१ करोड ३० लाखको चेक अनादार मुद्दामा दुई वर्ष जेल सजाय सुनाइएकी युवती पक्राउ

Banner

चितवन,असार २३-

चेक अनादार मुद्दामा अदालतबाट दुई वर्ष कैद सजाय पाएर फरार रहेकी एक युवती पक्राउ परेकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गुल्मीको मुसिकोट नगरपालिका–१ घर भई हाल काठमाडौँ टोखा–६ सुदर्शन हाइट बस्ने वर्ष २९ की कोपिला खातीलाई पक्राउ गरेको हो।

हरित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एक करोड ३० लाख रुपैयाँको चेक अनादार मुद्दामा भक्तपुर जिल्ला अदालतबाट दुई वर्ष कैद हुने गरी यही २०८२ जेठ १६ गते आदेश भएको थियो। हालसम्म फरार रहेकी खातीलाई फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>