अन्तर्राष्ट्रिय
बाढी-पहिरोः ४३ जनाको मृत्यु, ३७ व्यक्ति बेपत्ता
०

भारत, असार २०-
भारतको हिमाचल प्रदेशको विपद् व्यवस्थापन तथा राजस्व विभागका विशेष सचिव डीसी राणाले बाढी-पहिरोका कारण त्यहाँ अहिलेसम्म ४३ जनाको मृत्यु र ३७ व्यक्ति बेपत्ता भएको बताएका छन्।
बीबीसी हिन्दीसँग डीसी राणाले भनेका छन्, ‘हिमाचल प्रदेशमा जुन १९ मा मनसुन भित्रिएको थियो। त्यसपछि निरन्तर वर्षा भइरहेको छ। धेरै ठाउँमा क्षति भएको छ।’
डीसी राणाका अनुसार वर्षाकै समयमा सवारीसाधन दुर्घटनाका कारण पनि २६ जनाको मृत्यु भएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























