समाचार

देशको आवश्यकताअनुसार ठूला दल मिल्यौँः गृहमन्त्री लेखक

Banner

बैतडी, असार १८-

गृहमन्त्री रमेश लेखकले देशको आवश्यकताअनुसार दुई ठूला दल मिलेको स्पष्ट पार्नुभएको छ । बैतडी आइपुग्नुभएका लेखकले आज आयोजित अन्तक्र्रियामा देशको आवश्यकताअनुसार नै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० मिलेर गठबन्धनको सरकार बनेको हो भन्नुभयो ।

उहाँले भन्नुभयो, “दुई ठूला दल मिलेर गठबन्धन बनेको छ । जसका लागि सातबुँदे सहमति गरेका छौँ । गठबन्धन बनाइसकेपछि इमानदारीपूर्वक बस्नुपर्छ ।” केही कठिनाइ जटिलता भए पनि त्यसको समाधानमा सरकार लागिपरेको मन्त्री लेखकले बताउनुभयो ।

गठबन्धन सरकारप्रति जनताको थुप्रै आशा र चाहना भए पनि सबैकुरा पूरा हुन नसकेका बताउँदै उहाँले ती आशा र चाहना पूरा गर्न सरकार लागिपरेको बताउनुभयो । गृहमन्त्री लेखकले भन्नुभयो, “सरकारले आमनागरिकका सबै चाहना पूरा गर्न सकेको छैन । केही निराशा र चिन्ता पनि छ । हामीले असल र राम्रा काम गर्नुपर्छ ।” कैलालीको गेटामा नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय यो सरकारले बनाउने निर्णय सुदूरपश्चिमका लागि राम्रो पक्ष रहेको मन्त्री लेखकले बताउनुभयो ।

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा पुल बन्न आवश्यक रहेको र यसका लागि सरकारले लाग्नुपर्नेमा उहाँको जोड थियो । यो संविधान लामो सङ्घर्षबाट आएकाले कसैले यो संविधान र व्यवस्थाविरूद्ध हिँड्नु दिवा सपना हुने उहाँले बताउनुभयो । गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोप राजनीतिक षड्यन्त्र रहेको स्पष्ट पार्दै यस्तो गलत प्रचारको पछि नलाग्न आग्रह गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>