देश/प्रदेश
बरण्डाबाट लडेर मृत्यु
०

धनकुटा, असार ६-
घरको बरण्डाबाट लडेर एक जना महिलाको ज्यान गएको छ । धनकुटा नगरपालिका–१० उत्तरपानीका ५० वर्षीया प्रमिला राईको ज्यान गएको हो ।
आज बिहान करिब ६ बजे घरको दोस्रो तलाको बरण्डाबाट लडेर उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जानकारी दिएको छ । उच्च रक्तचापकी बिरामी रहेकी उहाँ बिहान कोठाबाट बरण्डामा निस्कने क्रममा लड्नुभएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























