देश/प्रदेश

धर्मगुरु खतिवडा २० हजार धरौटीमा छुटे

Banner

काठमाडौँ, जेठ ३०-

धर्मगुरु पुष्कर खतिवडालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौँले आदेश गरेको छ। तीनकुनेमा हिंसा भड्काउन भूमिका खेलेको अभियोगमा पक्राउ परेका धर्मगुरु खतिवडालाई धरौटीमा रिहा गर्न अदालतले आदेश गरेको हो।

अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले दुर्गा प्रसाईँसहित ७ जनालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश गर्दा बाँकी ३२ जना अभियुक्तसँग भने धरौटी माग गरेको हो। खतिवडालाई २० हजार धरौटी तोक्दा अन्य चार जना अभियुक्तसँग जनही एक लाख र पाँच जनालाई जनही ५० हजार धरौटी अदालतले तोकेको छ।

तीनकुने घटनाको भोलिपल्ट ललितपुरको इमाडोलबाट पक्राउ परेका उनले राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा ढुंगा हान्दै अरूलाई पनि उक्साएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>