चितवन विशेष

युवा रक्त अभियन्ता अर्जुन अधिकारीलाई दुई अन्तर्राष्ट्रिय सम्मान

Banner

चितवन, जेठ २८–

रक्त व्यवस्थापन तथा सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउँदै आएका युवा सामाजिक अभियन्ता अर्जुन अधिकारी अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् ।

काठमाडौंमा आयोजित एक विशेष समारोहमा युवा रक्त अभियन्ता अधिकारीलाई दुई अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो।
स्विट्जरल्यान्डको लुगानो क्षेत्रीय पर्यटन बोर्डका अध्यक्षले अधिकारीलाई संमानपत्र प्रदान गरेका हुन् । सोही अवसरमा MIG Italy र World Kindness Movement को संयुक्त पहलमा उनलाई Ambassador of Kindness Between Italy and Nepal को प्रतिष्ठित उपाधिबाट सम्मानित गरिएको थियो। यी सम्मानहरूले दयालुता, युवा नेतृत्व र अन्तर्राष्ट्रिय सहकार्यप्रतिको उनको समर्पणलाई प्रमाणित गरेको छ ।

सम्मान ग्रहणपछि अभियन्ता अधिकारीले आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भने, “यो मेरो र मेरो कर्मका लागि गर्वको विषय हो, यसर्थ सेवा मानवताको अभियानलाई थप जोश र जाँगरका साथ अघि बढाउनेछु।”

उक्त समारोहमा प्रमुख अतिथिको रुपमा सांसद अर्जुन नरसिंह केसी एवम् विभिन्न संस्थाका प्रतिनिधिहरू, सामाजिक अभियन्ता, सफल व्यावसायिक उधमीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

अधिकारी हाल ब्लड डोनर्स सोसाइटी नेपालको अध्यक्षको जिम्मेवारीमा रहेर विगत लामो समय देखि रक्त व्यवस्थापनमार्फत हजारौं व्यक्तिलाई सहयोग गरिसकेका छन् । त्यस्तै उनले ब्लड डोनर्स सोसाइटी मार्फत देशब्यापी रक्तदान उत्प्रेरणाका अभियानहरु संचालन गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>