राजनीति
गभर्नर सिफारिस समितिको बैठक सुरु
०

काठमाडौँ, जेठ ६-
नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक अर्थ मन्त्रालयमा केही बेरअघि सुरु भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहनुभएको समितिमा अर्थविद् पोषराज पाण्डे र राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारी सदस्य हुनुहुन्छ ।
अर्थमन्त्री पौडलको सचिवालयले दिएको जानकारीअनुसार गभर्नर सिफारिस समितिको बैठक अहिले अर्थ मन्त्रालयमा जारी छ । राष्ट्र बैंकको गभर्नर पद गत चैत २५ गतेदेखि रिक्त छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























