राजनीति

राजावादीले गर्ने आन्दोलन जनताविरूद्धको होः शंकर पोखरेल

Banner

दाङ, जेठ ६-

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीले जेठ १५ गतेदेखि गर्ने भनिएको आन्दोलन जनताका विरूद्व भएको टिप्पणी गरेका छन् । ४१ औं नेत्रलाल पौडेल अभागी स्मृति दिवसलाई सम्बोधन गर्न गृह जिल्ला दाङ आएका पोखरेलले राजावादीले गर्ने आन्दोलन कुनै दलका विरूद्व नभइ जनताका विरूद्व भएको बताए ।

‘गणतन्त्रले के दियो भन्दै भ्रम फैलाएर जेठ १५ देखि राजावादीले आन्दोलन गर्ने घोषणा गरेका छन्’, महासचिव पोखरेलले भने, ‘त्यो आन्दोलन कुनै राजनीतिक दलका र व्यवस्थाका विरूद्व होइन,नेपाली जनताका विरूद्व हो । हामीले यो कुरा जनतालाई बुझाउन सक्ने कि नसक्ने रु’

राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको दाबी गर्दै पोखरेलले गलत कुराका पक्षमा नलाग्न आग्रह गरे ।

राजावादीले जनतालाई निरंकुशताको जाँतोमुनी पिसेर समाजमा लामो समय शोषणको राज चलाएको भन्दै महासचिव पोखरेलले उनीहरूले गणतन्त्र र जनताको सार्वभौम सत्ता विरूद्व प्रहार गरिरहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>