राजनीति

जनताको शान्तिपूर्ण बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्छौं: कमल थापा

Banner

काठमाडौं, जेठ ६-

राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताको शान्तिपूर्ण प्रदर्शनको बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्ने बताएका छन् । त्यसका लागि राप्रपासहितका दलहरु एकढिक्का भएर लाखौं जनतालाई सडकमा उतार्ने अभियानमा होमिएको उनले बताए ।

आज बिहान काठमाडौंमा आयोजित कार्यक्रममा थापाले काठमाडौं उपत्यकाका प्रत्येक घरमा पुगेर सडकमा उत्रिन आह्वान गर्ने जानकारी गराए ।

आफूहरु सडकमा उत्रिँदा सरकारले उत्तेजित बनाएर दमनको नीति लिन सक्ने आशंका गर्दै थापाले भने, ‘हाम्रो रणनीति के हो भने यति धेरै जनता सडकमा उतार्नुपर्यो, सरकारले दमन गर्ने सोच्न पनि नसकोस् । हामीले काठमाडौंको सडकमा लाखौं जनता उतार्न सक्यौं भने काठमाडौं ठप्प हुन्छ र कुनै दमनले काम लाग्दैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>