देश/प्रदेश
प्राधिकरण घाटामा रहेको विषयमा ऊर्जामन्त्रीले जवाफ दिनुपर्छः सांसद निशा
०

काठमाडौं, वैशाख २४-
रास्वपाकी सांसद निशा डाँगीले विद्युत प्राधिकरणको नाफा घाटाबारे ऊर्जामन्त्री दीपक खड्काको जवाफ मागेकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भनिन्, ‘केही महिना अगाडिसम्म ४६ अर्ब ४७ करोड नाफा भएको विद्युत प्राधिकरण एक महिनाभित्र पाँच अर्ब २६ करोड घाटामा छ भनिएको सुनिएको छ, यस विषयमा सदनमा आएर ऊर्जामन्त्रीज्यूले स्पष्टीकरण दिनको लागि माग गर्न चाहन्छु।’
उनले मेरिटोक्रेसीको आधारमा गभर्नर नियुक्ति गर्न पनि सरकारलाई सुझाव दिइन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























