देश/प्रदेश

सगरमाथा इज सगरमाथा: ओली

Banner

विराटनगर, वैशाख १८-

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको अर्को नाम नरहेको बताएका छन् ।

सगरमाथालाई माउण्ट एभरेष्ट भनिन्छ । कोशी प्रदेश लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथाको अर्को नाम माउन्ट एभरेष्ट नक्कली भएको दाबी गरे ।

‘एभरेष्टसँग माउन्ट एभरेष्टको समगरमाथाको कुनै लेनदिनु छैन, त्यसकारण यो नक्कली नाम हो,’ उनले भने, ‘हामीले सगरमाथा नै भन्नुपर्छ, प्रपर नाउन भनेको अर्को हुँदैन, त्यसैले सगरमाथा इज सगरमाथा ।’

‘माउन्ट एभरेष्ट भनेर सगरमाथाको नाम जसको नाममा राखियो । उनी एउटा ब्रिटिस एभरेष्ट नाम गरेका व्यक्ति हुन् । ती व्यक्तिले सगरमाथा होइन, ल्होत्से चाहिँ अग्लो छ भनेर हिसाब निकालेका थिए,,’ उनले भने, एभरेष्टसँग सगरमाथाको कुनै लिनुदिनु छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>