अर्थ

आज एकैदिन सुनको भाउ ४ हजार ६ सय घट्यो

Banner

काठमाडौं, वैशाख १८-

बिहीबार एकैदिन सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेपछि नेपालमा प्रभाव परेको हो । चाँदीको भाउ तोलामा ५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९६५ रुपैयाँ रहेको चाँदी आज १९१५ रुपैयाँमा झरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>