देश/प्रदेश

नायिका स्वेताका कारण माझी बस्ती लिलाम हुन लाग्योः उर्मिला माझी

Banner

काठमाडौं, वैशाख १४-

नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझीले कलाकार स्वेता खड्काका कारण माझी बस्ती लिलाम हुन लागेको आरोप लगाएकी छिन् । कलाकार स्वेताकै कारण सिन्धुपाल्चोकका ५५ घर माझी परिवार कालोसूचीमा परेर विस्थापित बनेको उनले बताएकी हुन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसद माझीले भूकम्पबाट घर भत्किएको माझी बस्ती पुनर्निर्माण गर्ने अभियान थालेकी खड्काले आफ्नो वचन पूरा नगरी बीचमै छाडेर हिँड्दा सिंगो माझी बस्ती नै कालोसूचीमा परेको बताइन् ।

उनले भनिन्, ‘स्वेता खड्का कलाकारको हिसाबले सम्मानित व्यक्ति हो,हामी पनि उहाँको सम्मान गर्छौ । तर उहाँले कर्तव्य निर्वाह नगरेका कारण आज सिंगो माझी बस्ती कालोसूचीमा परेर लिलाम हुने अवस्थामा पुगेको छ । उहाँले सेवाको भावनाले माझी बस्ती पुनर्निर्माण गर्ने अभियान थाल्नुभयो,जनसेवा देखाउन खोज्नुभयो । तर त्यो कर्तव्य निर्वाह गर्न सक्नुभएन, जसले गर्दा माझी बस्ती नै लिलाम हुने अवस्था छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>