घटना -दुर्घटना

सवारी दुर्घटनामा परेर एमाले मकवानपुरका अध्यक्ष पोखरेल घाइते

Banner

हेटौँडा, वैशाख १३-

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल सवारी दुर्घटनामा परेर घाइते भएका छन् ।
हेटौँडा उपमहानगरपालिका–५ स्थित पुष्पलाल पार्क अगाडि उनले चलाएको स्कुटर अनियन्त्रित भइ गम्भीर दुर्घटना भएको हो ।

शनिबार बिहान ८ बजेको समयमा आफैँले चलाएको बागमती प्रदेश ०३–००१ प ५८०७ नम्बरको स्कुटर ब्रेकफेल भएर अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी र्काालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष पोखरेललाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ । अध्यक्ष पोखरेलको टाउको, निधार तथा दायाँ हातमा चोट लागेको र आइसीयूमा राखेर उपचार भइरहेको प्रवक्ता अर्यालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>