समाचार
युवालाई बुटले हानेका ४ ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाई छानबिन शुरु
०

काठमाडौं,बैशाख ११-
ट्राफिक प्रहरीले युवालाई बुटले हानेका आफ्ना चारजना जवानलाई जिम्मेवारीबाट हटाई आवश्यक छानबिन तथा अनुसन्धान शुरु गरेको छ। ट्राफिक प्रहरीले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
ती युवालाई बुटले हानेर ढालेपछि कठालो समातेर ट्राफिक प्रहरीले लछारपछार गरेको भिडिओमा देखिन्छ। सामाजिक सञ्जालमा अहिले प्रहरीको तीव्र आलोचना भइरहेको छ। प्रारम्भिक अनुसन्धाननुसार उक्त घटना मिति २०८१ मंसिर २३ गते सुन्धारा आकाशे पुलमुनि भएको प्रहरीले बताएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























