देश/प्रदेश

आन्दोलन स्थगित गर्न कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह

Banner

काठमाडौँ, वैशाख १०-

आन्दोलनका कार्यक्रम स्थगित गर्न कर्मचारी ट्रेड युनियनलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आग्रह गरेका छन् ।

आज (बुधबार) प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले ‘निजामती विधेयक अगाडि बढेको छ । आज यो विधेयक पास गर्ने तयारी पनि थियो । तर एकपटक प्रतिवेदन पढौं भन्ने कुरा भएको छ । यो प्रक्रिया पनि ठिक छ,’ महामन्त्री थापाले भने ।

यस्तो बेला कर्मचारी ट्रेड पनि सकारात्मक हुनुपर्ने उनको आग्रह छ । ‘विधेयक टुंग्याइरहेका बेला ट्रेड युनियनको आन्दोलन रोक्न म आग्रह गर्छु,’ महामन्त्री थापाले भने ।

यसअघि मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निजामती कर्मचारी ट्रेड युनियनका नेताहरूले समितिमै उपस्थित भएर विभिन्न १० बुँदे माग पेस गर्दै पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>