समाचार

दश शय्याको अस्पताल भवन धमाधम निर्माण हुँदै

Banner

बैतडी, वैशाखः१० –

शिवनाथ गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल भवन धमाधम निर्माण भइरहेको छ । गाउँपालिका–६ सुल्लेखानमा निर्माणाधीन भवनको ५० प्रतिशत काम पूरा भएको छ ।

शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदका अनुसार सङ्घीय सरकारको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजनाअनुसार रु नौ करोडको लागतमा शिवनाथमा भवन निर्माण भएको हो । उहाँले भन्नुभयो, “अस्पताल निर्माणपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने छ । ” अस्पतालमा दुई जना एमबिबीएस चिकित्सकसहित २२ जना कर्मचारीको दरबन्दी छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>